राप्रपाका १८ सांसद कारवाहीमा

राप्रपाका १८ सांसद कारवाहीमा


राप्रपाले १८ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । ब्यवस्थापिका संसदमा सोमबार निर्णयार्थ पेस भएको संविधान संशोधन विधेयकको बिपक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्विप नमान्ने सांसदलाई राप्रपाले कारवाही  गरेको हो ।

संसदको सोमबारको बैठकमा १९ जना सांसद मात्र उपस्थित थिए । कानूनी कारवाही गर्ने सम्बन्धमा छलफल गर्न राप्रपाले पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठक आज सिंहदरबारमा बसेको थियो ।

३७ सिट रहेको राप्रपाबाट बरिष्ठ नेता पशुपति शम्शेर राणा नेतृत्वको प्रस्तावित राप्रपा प्रजातान्त्रिकमा सहभागी भएको भन्दै पछिल्लो समय राप्रपा रुष्ट बनेको छ । राप्रपाले सर्वोच्च अदालतको आदेशविरुद्ध कानुनी उपचार खोज्ने निर्णयसमेत गरेको छ । -अद्यावधिक गरिएको