संसदमा केपी ओली किन कड्किए ?

संसदमा केपी ओली किन कड्किए ?


प्रमुख प्रतिपक्षी एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आजको संसद बैठकमा कड्किएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिदेखि हुने भारत भ्रमणबारे जानकारी नगराइएको भन्दै संसद बैठकमा आक्रोस पोखे ।

ओलीले भने,‘भोलि प्रधानमन्त्री भारत जादै हुनुहुन्छ । यो अवस्थामा किन जादै हुनुहुन्छ ? यसबारे संसदमा किन जानकारी नगराइएको हो ? जवाफ चाहियो ।’

उनले जनता डुबानमा परेको भन्दै डुबानबारे प्रधानमन्त्रीले भारतसँग कसरी कुरा राख्दै हुनुहुन्छ ? भनि प्रश्न गरेका थिए ।

सीमा क्षेत्रमा बाँध बनाएर डुबान भएको भन्दै ओलीले भारतले एकतर्फी रूपमा बाँध बनाएको बारे गम्भीर कुराकानी गर्न माग गरे ।