एमालेको दम्भले संशोधन फेल : माओवादी

एमालेको दम्भले संशोधन फेल : माओवादी


माओवादी केन्द्रले एमालेको दम्भका कारण संविधान संशोधन विधेयक फेल भएको निष्कर्ष निकालेको छ ।

मंगलबार प्रचण्ड निवासमा बसेको माओवादी केन्द्रको बैठकले एमालेकै भूमिकाका कारण संशोधन फेल भएको निष्कर्ष निकाल्दै एमालेको भूमिका दुर्भाग्यपूर्ण भएको बताएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको बताइन् ।

बैठकले बाढी–पहिरो पीडित परिवारलाई तत्काल राहत, उद्धार र पुनःस्थापनका लागि सरकारसँग माग समेत गरेको छ ।