फोरम लोकतान्त्रिकमा सह-अध्यक्ष रहेका रामेश्वरले रोजे माओवादी-पथ

फोरम लोकतान्त्रिकमा सह-अध्यक्ष रहेका रामेश्वरले रोजे माओवादी-पथ


विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट राजीनामा दिएर बसेका पुर्वमन्त्री रामेश्वर राय यादव अन्ततः माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

फोरम लोकतान्त्रिकमा सह-अध्यक्ष रहेका यादव केकेही दिन अगाडि मात्र पार्टीबाट राजीनामा दिएका थिए । माओवादी नेता मातृका यादवको पहलमा उनी उक्त पार्टी प्रवेश गर्न लागेको बताइएको छ ।

‘राजनीतिक व्यक्ति हुँ, कुनै न कुनै पार्टीमा बसेर आखिर राजनीति त गर्नै पऱ्यो नि’ घटना र विचारसंग प्रतिकृया दिँदै यादवले भने, ‘मिति त तय भएको छैन तर माओवादी प्रवेश गर्ने कुरा भने सही हो, साथीहरुसंग छलफल जारी रहेको छ ।’