ह्वीप उल्लंघन गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका १८ सांसद कारवाहीमा

ह्वीप उल्लंघन गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका १८ सांसद कारवाहीमा


राष्ट्रिय प्रजातन्त्र पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै १८ जना सांसदहरुलाई लाई कारवाही गर्ने निर्णय गरेको छ ।
सोमबार संविधान संशोधन सम्बन्धि संसदमा निर्णयर्थ प्रस्तुत विधेयकको विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको व्हिपलाई उलंघन गरेको भन्दै १८ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो ।

सिंहदरवारस्थित पार्टीको संसदीय दल कार्यालयमा मंगलबार बसेको केन्द्रिय कार्यसमिति, संसदीय दल कार्यसम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।  ्ह्वीप उल्लंघन गरेका १८ जना सांसदलाई प्रमुख सचेतकको प्रतिवेदनको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

प्रवक्ता भूवन पाठकका अनुसार सोमबार व्यवस्थापिका संसदमा भएको संविधान संशोधन प्रस्तावमाथिको मतदानमा राप्रपाका सांसदहरु दिपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, रेशम लामा, वविना मोक्तान लावती, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पाशवान, रामकुमार सुव्वा, आनन्दीदेवी पन्त, इश्तियाक अहमद खान,गिता सिंह, सरोज शर्मा, सिता लुइटेल (ज्ञवाली), कमलादेवी शर्मा, विराज विष्ट, धानोदेवी महरा र सइन्द्र बान्तवा अनुपस्थित भएका थिए ।

उनीहरु राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठनको प्रक्रिया सुरु गरेका पशुपति शमशेर राणाको पक्षमा लागेकाले ह्वीप उलंघन गरेका हुन ।  त्यस्तै बैठकले पशुपति शम्शेर राणा समूहले दिएको रिट निवेदनको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशको सम्बन्धमा कानुनी व्यवसायीहरुको परामर्श गर्ने निर्णय समेत गरेको छ ।

कानुन व्यवसायीहरुसंगको परामर्शपछि मा आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउने तयारीमा राप्रपा रहेको प्रवक्ता पाठकले बताए ।