‘राजीनामा’ सहित भावी रणनीति तय गर्न राजपाको बैठक

‘राजीनामा’ सहित भावी रणनीति तय गर्न राजपाको बैठक


संविधान संशोधन विधेयक असफल भएपछिको रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी (राजपा) को बैठक जारी रहेको छ । संसदबाट राजीनामा दिएर आन्दोलनमा जानेसम्मको एजेण्डामा बैठक केन्द्रित रहेको श्रोतको दावी छ ।

‘संसदबाट सामुहिक राजीनामा दिएर आन्दोलनमा आउनुपर्ने सम्मको पार्टीमा दवाब रहेको छ, बैठकमा यो पनि ऐजेण्डा हो’ घटना र विचारसंगको कुराकानीमा अध्यक्ष मण्डलका एक नेताले भने तर अहिले नै केहि कुरा खोल्न सकिन्न, बैठकमा धेरै ऐजेण्डाहरु रहेका छन् ।’

बबरमहल स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकले चुनावमा जाने की नजानेसम्मको निर्णय गर्ने उक्त नेताले बताए ।

अध्यक्ष मण्डलीका अर्का नेता महेन्द्रराय यादवले बैठकमा राजनीतिक समस्यासँगै तराईमा बाढी पीडितको समस्या समेत थपिएको बताए । उनका अनुसार बैठकले निर्वाचनको रणनीतिबारे समेत पार्टीगत धारणा तय गरिने छ ।