मास हिस्टेरियाको समस्याले हैरान, यत्रतत्र ढल्न थाले किशोरी

मास हिस्टेरियाको समस्याले हैरान, यत्रतत्र ढल्न थाले किशोरी


धादिङ सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको घटनाप्रति सरोकारवाला निकाय अझै पनि मौन रहेको छ । यो समाचार केहि दिन अगावै घटना र विचारले यत्रतत्र ढल्न थाले किशोरी विद्यार्थी शिर्षकमा पहिलोपटक प्रकाशित गरेको थियो ।

यता आज राससले केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आउने भन्दै समाचार प्रस्तुत गरेको छ । विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाका अनुसार गत जेठ महिनामा समस्या देखिएपछि विद्यालय बन्द गरी अहिले पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र उचार गराउँदा पनि सम्भब नभएकाले एउटा गैरसरकारी संस्थाले मनोसामाजिक परामर्श पनि सञ्चालन गरेको थियो।

त्यसपछि पनि विद्यार्थीमा यस किसिमको समस्या निरन्तर देखिएको थापाको भनाइ छ । विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि निरन्तर देखिएको गाउँपालिका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए । उनले मास हिस्टेरियाको रुपमा देखा परेको समस्या समाधान गर्नका लागि विद्यालय र घरको वातावरण राम्रो हुनुपर्ने बताए।

यस किसिमको समस्या देखिएका विद्यार्थीलाई मनोसामाजिक परामर्श आवश्यक हुने उनको भनाइ छ। यो समस्या ‘कन्भर्सन डिसअर्डर’ हो’, उनले भने । विद्यार्थीलाई यस्तो समस्याबाट छुटकारा दिन विद्यालयले झाँक्रीसमेत लगाएको र केही दिनपछि पुनःविद्यालयमा झाँक्री लगाइने प्रधानाध्यापक थापाको भनाइ छ ।

यसअघि घटना र विचारमा प्रकाशित समाचार :

यत्रतत्र ढल्न थाले किशोरी विद्यार्थी

धादिङमा अनौठो किसिमका रोग देखा परेको छ । पहाडी जिल्ला धादिङको सिद्द्लेक गाँउपालिका आरुबास स्थित कालिदेबी माध्यामिक विधालयमा देखिएको यो अनौठो किसिमको रोगले बिद्यालय र आसपासका क्षेत्रमा संत्रास फैलाएको छ ।
आफ्ना फेसबुकमार्फत बिभिन्न फोटोहरु समेत सार्वजनिक गगर्दे सुनिल थापामगरले अहिलेसम्म २०/२२ जनासम्ममा यस्ता समस्या देखिएको बताएका छन् ।

बिद्यालयका दसदेखि बीस किशोरीहिरु दिनहुँ बर्बराउने  मुर्छित हुने, र बेहोस भई ढल्ने गरेका छन् ।
किशोरीहरु बेहास भएर ढल्नु अघि बेसुरका कुरा गर्ने र बर्बराउँदा बर्बराउँदै मुर्छित हुने गरेका छन ।

तर यस्ता किशोरीहरुमा दिनहुँ भिन्न–भिन्न लक्षण देखिने गरेको छ । केहिदिन अघिदेखि विद्यार्थीहरु बाटो घाटो, कक्षा कोटामा घण्टौसम्म बेहोस भएर ढल्ने गरेपछि विद्यालयका शिक्षक विद्यार्थी र स्थानिय वासिन्दाहरु समेत त्रासित बनेका छन् ।

यस्तो समस्याको समाधान निम्ति कुन निकायलाइृ गुहार्नुपर्ने हो भन्ने जानकारी पाँउन नसक्दा शिक्षक र स्थानिय वासिन्दाहरु अन्यौलमा परेका छन् ।

हेर्नुहोस् भिडियो :