दिल्लीमा देउवाको भव्य स्वागत

दिल्लीमा देउवाको भव्य स्वागत


पाँचदिने राजनकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको दिल्लीमा भव्य स्वागत गरिएको छ ।

उनलाई स्वागत गर्न विमानस्थलसम्म भारतीय विदेश मन्त्री सुष्मा स्वराज पुगेकी हुन ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै आज प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए ।

राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।