निधिलाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मा

निधिलाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मा


विमलेन्द्र निधिलाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मा दिइएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेर पाँचदिने भारत भ्रमणमा गएका हुन ।

त्यसैगरी देउवाले केन्द्रीय सदस्य रमेश रिजालको नेतृत्वमा अनुशासन समिति पनि बनाएका छन् । समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थानी रहेका छन् ।

त्यसैगरी सभापति देउवाले ४ नेतालाई केन्द्रीय सदस्य पनि तोकेका छन् । उनले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ को (ठ) बमोजिम हरिप्रसाद नेपाल पाल्पा, राधेचन्द्र यादव बारा, अमृत अर्याल मोरङ र ध्यानगोविन्द रञ्जित काठमाडौंलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती….