प्रदेश नम्बर–२ कब्जा गर्न एमाले तात्यो

प्रदेश नम्बर–२ कब्जा गर्न एमाले तात्यो


स्थानीय तह चुनावमा २ नम्बर कब्जा गर्न एमालेले खतरनाक रणनीति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने रणनीति बनाएको हो ।

स्रोतका अनुसार आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ । एमालेले प्रदेश नम्बर २ मा पार्टीलाई पहिलो शक्ति बनाउने समेत रणनीति अघि सारेको छ ।

एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई पुनः आह्वान गर्दै चुनावमा जुट्न सबै दललाई आग्रह गरेको छ ।