आयोगले दियो राप्रपा (प्रजातान्त्रिक)लाई मान्यता

आयोगले दियो राप्रपा (प्रजातान्त्रिक)लाई मान्यता


पशुपति शमशेर जबराको नेतृत्वमा २० जना सांसद र ६९ जना केन्द्रीय सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई निर्वाचन आयोगले बेग्लै दलको रुपमा दर्ता गरेर आधिकारिक मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार राप्रपा (प्रजातान्त्रिक) नामक दल दर्ता गरिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार जानकारी दिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । कमल थापाले नेतृत्व गरिरेहाके राप्रपाको दबाबअनुसार राणा पक्षको निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले आग्रह गरेपछि नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट दिएका थिए । अन्ततः सर्वोच्च अदालतको आदेशपछि आयोगले पशुपतिशमशेरको दललाई दर्ता गर्ने निर्णय गरेको हो ।