फुटबलर रुनीले लिए सन्यास

फुटबलर रुनीले लिए सन्यास


इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । १४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका क्रममा इङल्याण्डका निम्ति कूल ५३ गोल गरी आफ्नो नाममा देशबाट सर्वाधिक गोलकर्ताको किर्तीमान बनाउन ३१ वर्षीय रुनी सफल भएका छन् ।

आफूलाई इङल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुनः बोलाएको भए पनि सन्यासको निर्णय लिएको बुधबार रुनीले बताए । साउथगेटले माल्टा र स्लोभाकियामा अर्को महिना हुने खेलमा रुनीको अनुपस्थितिको अपेक्षा गरेका थिएनन् । ‘प्रत्येक पटक राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो निम्ति त्यो गरिमापूर्ण थियो, तर मलाई लाग्छ अब मैले छाड्ने बेला भयो’ साउथगेटलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

रुनी म्यानचेष्टर युनाइटेड क्लबका पूर्व कप्तान पनि हुन् । हालै मात्र उनी आफ्नो खेल आरम्भ गरेको फुटबल क्लबमा भित्रिएका थिए । इङ्ल्याण्डको निम्ति उनले पहिलो पटक सन् २००३ को फेब्रुअरीमा अष्ट्रेलियासँग खेलेका थिए । सन् २००४ को यूरो फुटबल रुनीले खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता थियो ।

तस्बिर : गुगल