पशुपतिनाथमा विहान २ बजेदेखि नै ब्रतालु महिलाको भीड

पशुपतिनाथमा विहान २ बजेदेखि नै ब्रतालु महिलाको भीड


तीजको अवसरमा महादेवको दर्शन गर्न पशुपतिनाथ मन्दिर परिसरमा बिहान २ बजेदेखि नै ब्रतालु भक्तमहिला लाममा बसेपछि नै बिहानको ३ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिए ।

बताइएअनुसार पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ ।

आज पशुपतिमा विशेष पूजाको कार्यक्रम नराखिएको भए पनि बिहान ८ः३० बजेसम्ममै डेढ लाखभन्दा बढी दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था गरिएको छैन ।