मोटरसाइकलको ठक्करबाट यात्रुको निधन

मोटरसाइकलको ठक्करबाट यात्रुको निधन


राजधानीमा मोटरसाइकलको ठक्करबाट घाइते बनेका एक यात्रुको उपचारका क्रममा निधन भएको छ ।

आज बिहान ५ बजे बा८३प ५७८७ नंको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापा घाइते भएका थिए ।

वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्न थालेपछि खुला मञ्चमा बसपार्क सारिएपछि बसपार्क अव्यवस्थित बनेको यात्रुहरुको गुनासो छ ।

सारिएको बसपार्क कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै भत्किएर खाल्डाखुल्डी बनेको छ । वीर अस्पताल अघिको बसपार्कमा मोटरसाइकल, कारलगायत निजी सवारीसाधन पनि प्रवेश गर्न दिँदा दुर्घटना बढ्ने खतरा रहेको यात्रु बलराम महर्जनले बताए।