ढिलो पुग्नुको प्रष्टिकरणसँगै हिमानीबाट राहत वितरण

ढिलो पुग्नुको प्रष्टिकरणसँगै हिमानीबाट राहत वितरण


पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले देशमा आएको बाढीेबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सबैमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । बाढी प्रकोपमा परेर घरबारविहीन भएकाप्रति गहिरो दुःख प्रकट गर्दै आफूहरू जनताको दुःखमा सदैव साथ रहेको उहाँले बताउनुभयो ।

पर्सा र बारा जिल्लाका बाढीप्रभावित जनताहरूलाई राहत प्रदान गर्न यहाँ आइपुग्नु भएकी पूर्वयुवराज्ञी शाहले सिमरास्थित विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देशमा बाढी आएको बेला विशेष कारणवश आफूहरू देशबाहिर भएको हु“दा जनतासामु पुग्न केही ढिलो भए पनि नेपाली जनताको हरेक सुख–दुःखमा साथ–सहयोगका लागि सदैव तत्पर रहने बताउनुभयो ।

उहाँले रौतहटलगायतका क्षेत्रमा बाढीबाट भएको क्षति र त्यहाँका जनताको जनजीवनबारे चासो व्यक्त गर्नुभएको थियो ।

यसअघि हिजो बुधवार विहान बारा र पर्साका प्रमुख जिल्ला अधिकारीको समन्यमा पर्साको पोखरीया र बाराको भलुहींका ५०० बाढी पीडित परिवारलाई हिमानी कोषकी अध्यक्ष पूर्वयुवराज्ञी शाहले राहत प्रदान गर्नुभयो ।

राहत वितरण कार्यक्रममा पूर्वयुवराज्ञी शाहसँगै उहाँका सुपुत्र हृदयेन्द्र शाह, सुपुत्री कृतिका शाह, हिमानी ट्रस्टकी सदस्यसचिव श्री मल्ल, सल्लाहकार अनिता केसी, फाइनान्स अफिसर अदिती सिंह, फिल्ड कोअर्डिनेटर हेमन्त दाहाल, बोर्ड प्रतिनिधि सवन्ना वैद्य लगायतको उपस्थिति रहेको थियो ।

हिमानी कोषले बाढीपीडित परिवारलाई प्रदान गरेको राहत प्याकेजमा त्रिपाल, १० किलो चामल, पहेँलो÷कालो दाल पाँच किलो, नुन तीन प्याकेट, खानेतेल १ लिटर, चिउरा तीन किलोग्राम, बिस्कुट ६ प्याकेट लगायतका सामग्री रहेको छ ।

पूर्वक्षेत्रका बाढीपीडितकहाँ पनि हिमानी कोषले योजना बनाई छिट्टै पुग्ने कोषकी सदस्यसचिव मल्लले बताउनुभयो ।

– सन्तोष मिश्र