सेना परिचालनका लागि स्वीकृति

सेना परिचालनका लागि स्वीकृति


असोज २ गते २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा स्थानीय तह सुरक्षा योजना ०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरिएको उल्लेख छ ।

यससँगै सरकारलाई सेना परिचालन गर्न बाटो खुलेको छ ।