कटैया–कुशाहा प्रसारण लाइनको संयुक्त उद्घाटन

कटैया–कुशाहा प्रसारण लाइनको संयुक्त उद्घाटन


प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा कटैया–कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनको उद्घाटन गर्नु भएको छ ।

भारत भ्रमणमा रहन भएका प्रधानमन्त्री देउवा र मोदीले हैदराबाद हाउसबाट स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गर्नु भएको हो ।

कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा निर्माण सम्पन्न भएपनि विद्युत आयात भने भएको छैन । यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ ।