मापसेको चपेटामा झण्डै डेढ लाख लाइसेन्स

मापसेको चपेटामा झण्डै डेढ लाख लाइसेन्स


पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ सय ४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) महानगरीय ट्राफिक प्रहरी महाशाखाले निलम्बन गरेको छ ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौँ पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए ।

महाशाखाले विस २०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकामा हालसम्म एक लाख ४६ हजार ४९६ चालकको लाइसेन्स प्वाल पारिसकेको डिआईजी खनाललाई उद्धृत गर्दै राससले जनाएको छ । जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार ४३७, तेस्रोपटक सात हजार ९५४, चौथोपटक दुई हजार ७५३ र पाँचौँपटक ९७८ जना सवारी चालक पुगेका छन् ।

महाशाखाले आर्थिक वर्ष २०६९/७० मा २२ हजार २७२, २०७०/७१ मा ४८ हजार ६६९, २०७१/७२ मा ३१ हजार ८२४, २०७२/७३ मा २४ हजार १०२ र २०७३/७४ मा १९ हजार ६२४ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ ।

महाशाखाप्रमुख खनालले पछिल्लो समयमा मापसे गरी सवारी साधन चलाउने चालकको सङ्ख्यामा कमी भएको जानकारी दिए ।