हैदरावाद हाउसमा देउवाले मोदीलाई दिए संविधान संशोधन गर्ने बचन

हैदरावाद हाउसमा देउवाले मोदीलाई दिए संविधान संशोधन गर्ने बचन


वीरेन्द्र केएम (नयाँदिल्ली)

राजकीय भ्रमणको पाँचमध्येकै बढी महत्व दिइएको दोश्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई संविधान संशोधन गरेर सबैपक्षको माग समेट्ने बचन दिएका छ्न् । हैदरावाद हाउसमा विहिबार देउवाले त्यस्तो बचनबद्धता प्रकट गरेका हुन् ।

रयसअघि नै हामीले प्रयास गरेका थियौँ, तर दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भयोु भनी प्रस्ट्याउँदै उनले अगाडि भने, ‘मलाई विश्वास छ, भविष्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’

दिल्लीस्थित स्रोतका अनुसार देउवाले भारतले अहिलेसम्म नेपालको संविधानलाई स्वागत नगरेकोले पनि आफूहरुलाई असहज भइरहेको भन्दै उनले मोदीसँग आउँदो चुनावमा समेत राजपाको सक्रियता हुने बताएका थिए ।

प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा झण्डै आधा घन्टा कुराकानी भएको थियो । यो भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत थिए ।

लगत्तै भएको द्विपक्षीय वार्तापछि देउवा र मोदी संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए, जहाँ नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सबैसँग सम्वाद गर्न मोदीको आग्रह

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत मात्र गरेनन्, सबैसँग सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास गरेका छ्न् ।

नेपाली भाषाबाट मन्तव्य सुरु गर्दै मोदीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेपाली अतिथि गणलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ ।’

लगत्तै सम्बोधन गरेका देउवाले चाहिँ नेपालको आन्तरिक मामलालाई अझ खुलेर प्रवेश गराए ।

सरकारले संविधान सबैको स्वीकार बनाउन चाहेको भन्दै उनले भने, ‘हामीले संविधान संशोधन गर्ने प्रयास गर्‍यौं । तर, संसदमा दुई तिहाई बहुमत पुर्‍याउना सकेनौं र संशोधन हुन सकेन । म आशा गर्छु कि भविष्य दुई तिहाई पुग्छ र संविधान संशोधन हुन्छ । र, सबैले संविधान स्वीकार गर्छन् ।’ उनले संविधान संशोधन नभए पनि राजपा चुनावमा जान सहमत भएको बताए ।

गरिएन संविधानको स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले उनको कुशल र अनुभवी नेतृत्वमा यो सम्भव हुन सक्ने औंल्याए । अपेक्षा गरिएझैँ मोदीले नेपालको संविधानलाई स्वागत गरेनन् । तर, सोहीअन्तर्गत भएको स्थानीय तहको दुई चरणको चुनाव सफलतापूर्वक सम्पन्न गराएकामा नेपाल सरकारलाई बधाइ दिए ।

मोदीले भने, ‘नेपालमा लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनका लागि तपाईंले जसरी व्यक्ति तवरबाट महत्वपूर्ण भुमिका निर्वाह गर्नु भयो, त्यसको म प्रशंसा गर्छु ।’

भारतमा प्रधानमन्त्री देउवालाई स्वागत गर्ने अवसर मिल्नु आफ्नो सौभाग्य रहेको मोदीले बताए । भने, ‘महामहिम, तपाईंको यो भ्रमण एक यस्तो ऐतिहासिक समयमा भइरहेको छ, हामी हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छौं । तथापि, हाम्रो सम्बन्ध हिमालय जत्तिकै पुरानो हो ।’

‘महामहिम, हाम्रा दुवै मुलुकका बासिन्दा आपसमा गाँसिएका छन् । पारस्परिक सहयोगको क्षेत्रमा दुवै मुलुकको भागेदारी रहँदै आएको छ । हामी पारस्परिक उपलब्धिहरुप्रति गर्व गर्छौं,’ मोदीले थपे, ‘ठीक त्यसरी नै, आपसी पीडाको अनुभव पनि गर्छौं । एक नजिकको छिमेकी र मित्रदेशका नाताले भारत नेपालमा शान्ति, स्थायित्व र उसका आर्थिक समृद्धिका प्रति सधैं सहज रहँदै आएको छ ।’

भारतलाई नेपालको विकास र आर्थिक प्रगतिको प्रयासहरुमा साझेदारी हुने सौभाग्य प्राप्त रहेको मोदीको जिकीर थियो । उनले भने, ‘महामहिम, लोकतन्त्रबाट आएको उन्नति शान्तिको स्थापना र सर्वांगीण विकासका लागि नेपालका नागरिकहरुको उपलब्धिहरुको हामी मुरी(मुरी प्रशंसा गर्छौं, सराहना गर्छौं ।’

भारतीय प्रधानमन्त्रीले नेपालमा भारतको सहायतामा चलिरहेका विकास परियोजनाहरु हुलाकी रोड, सीमापार ऊर्जा ‘ट्रान्समिसन लाइन’, संयुक्त चेकपोस्टमाथि काम भइरहेकामा खुशी व्यक्त गरे । र, कटैया-कुशाहा, रक्सौल(परवानीपुर ट्रान्समिसन लाइनको उद्घाटन गरेको सगर्व बताए । त्यसबाट भारतले नेपाललाई दिइरहेको करिब तीन सय ५० मेगावाट बिजुलीमा करिब सय मेगावाट थपिने जानकारी दिए । ‘हामी हाम्रो आपसी साझेदारीका विविध आयामहरु ऊर्जा, जल संशाधन, कनेक्टिभिटी परियोजनाहरु तथा भूकम्पपछिको पुनर्निर्माणमा मिलेर काम गरिरहेका छौं,’ मोदीले भने ।

पहिलेदेखि नै निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई समय सीमामै सम्पन्न गर्नका लागि आफ्नो प्रयास अझ बढाइने आश्वासन दिए । र, अरुण तेस्रो जलविद्युत परियोजनामा नेपालमा रहेको जमीनसम्बन्धी विवाद सुल्झेकामा खुशी व्यक्त गरे ।

‘अरुण तेस्रो जलविद्युत परियोजना शिलान्यासका लागि देउवाजीले मलाई निमन्त्रणा दिनु भएको छ । यसका लागि म आभारी छु,’ उनले भने । पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रुप दिने प्रक्रियालाई तीव्रता दिइने पनि बताए ।

नेपालमा आएको बाढीको सन्दर्भमा भारतको तर्फबाट हरसम्भव सहायताको प्रस्ताव दोहोर्‍याए । सीमा बाँध नियन्त्रणका लागि समन्वय र परामर्शलाई अझ मजबुत बनाइने पनि बताए । ‘र, आपसी हीतलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानका लागि सोच्नु आवश्यक छ,’ उनले भने ।

दुवै मुलुकबीच व्यापार र लगानी बढाउनका लागि पनि सहमति भएको र त्यो दुवै मुलकका नागरिकहरुको हीतमा मात्र नभई क्षेत्रीय समृद्धिका लागि पनि अत्यावश्यक रहेको औंल्याए ।

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर

यसैबीच नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो । त्यसअघि हैदराबाद हाउसमा देउवा र मोदीबीच झण्डै ३० मिनेट कुराकानी भएको थियो । लगतै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता हुनेछ ।

पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।

चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए ।

नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । त्य्ससैगरि पुर्व सम्झौताहरु पनि यथासिघ्र लागू गर्ने सहमति भएको छ ।