दिल्लीमा देउवाको होश गुमेको हो ?

दिल्लीमा देउवाको होश गुमेको हो ?


भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि विवादमा तानिएका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो दिएको अभिव्यक्तिप्रति उनको चौतर्फी आलोचना भएको हो ।

देउवाले दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधन गर्न नसकेको र फेरि संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएका थिए । देउवाको अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।

श्रेष्ठले देउवाको अभिव्यक्तिले नेपालीको अपमान भएको उल्लेख गरेका छन् । सामाजिक संजालबाट प्रतिक्रिया जनाउँदै उनले सम्बोधनका क्रममा के देउवाको होश गुमेको हो ? भन्नेतर्फ इंगित गरेका छन् ।

उनले भनेका छन्, ’देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ । प्रमलाई थाहा छ के बोल्नुभो ?’ श्रेष्ठले मधेसको मत पाउने आशामा त्यस्तो अभिव्यक्ति दिएको टिप्पणी समेत गरेका छन् ।

उनले गरेको अर्को ट्विटमा भनेका छन्, ‘सायद प्रधानमन्त्रीका लागि दिल्ली कुनै निर्वाचन क्षेत्र हो र उनले मधेसको भोट पाउन यो कुरा भनिरहेका छन् । उनले वास्ता गरेनन् कि म काठमाडौंमा बोलिरहेको छु कि दिल्लीमा ? र म प्रधानमन्त्री हो कि कांग्रेस सभापति ?’

यसरी देउवाको आलोचना भएको हो ।

नारायणकाजीका अभिव्यक्ती..