बकिङ्घम राजदरबार बाहिर प्रहरीमाथि आक्रमण

बकिङ्घम राजदरबार बाहिर प्रहरीमाथि आक्रमण


लण्डनस्थित बकिङ्घम राजदरवारको बाहिर ड्यूटीमा खटीएका प्रहरीमाथि एक युवाले छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएका छन् । करिव २० वर्षको देखिने ती युवाको हातमा लामो छुरि रहेको देखिएपछि प्रहरीले नीजलाई नियन्त्रणमा लिन प्रयास गर्दा प्रहरीमाथि छुरा प्रहार भएको समाचारमा जनाइएको छ ।

हिजो साँझ करिव आठ बजे भएको उक्त घटनामा छुरिधारी युवकलाई पनि सामान्य चोट लागेको छ । युवक आतङककारी सञ्जालसंग जोडिएको या नजोडिएको भन्ने स्पष्ट भइसकेको छैन । प्रहरीले नीज युवालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।