तेस्रोलिङ्गीलाई फौजमा प्रतिबन्ध गर्न ट्रम्पको आदेश

तेस्रोलिङ्गीलाई फौजमा प्रतिबन्ध गर्न ट्रम्पको आदेश


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशको सशस्त्र फौजमा तेस्रोलिङ्गीहरुलाई भर्ती रोक्न रक्षा मन्त्रालयलाई आदेश दिएका छन्। रक्षामन्त्री जेम्स म्याटिसलाई पठाइएको आदेशमा गत वर्षको जुन महिनामा सैनिक सेवामा तेस्रो लिङ्गीहरुका लागि फुकुवा गरिएको प्रतिबन्ध पुनः लागू गर्न भनिएको छ।

हाल सेवामा रहेका तेस्रो लिङ्गी सैनिकहरुको भविष्यबारे चाहिँ रक्षा मन्त्रालयले निर्णय गर्नेछ। ट्रम्पले सैनिक सेवामा रहेका महिला तथा पुरुषले लिङ्ग परिवर्तनका लागि गराउने शल्क्रियामा पनि रोक लगाउन समेत आदेश दिएका छन्। गत जुलाइमा ट्रम्पले तेस्रो लिङ्गीलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिइने बताएको विविसीले समाचार लेखेको छ ।

वरिष्ठ सैनिक अधिकारी तथा विज्ञहरुसँगको सल्लाहपछि आफूले उक्त निर्णय लिएको उनले उल्लेख गरेका थिए। तेस्रो लिङ्गीहरुले सेनालाई औषधि खर्च तथा अन्य कारणले बोझ थप्ने ट्रम्पले बताएका थिए। जुलाइको शुरुतिर रक्षामन्त्री माटिसले ओबामा प्रशासनले तेस्रो लिङ्गीहरुलाई सेनामा भर्ना लिने भनी पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए।