मुटु अस्पताललाई गाडी सहयोग

मुटु अस्पताललाई गाडी सहयोग


रोटरी क्लब अफ भैरहवाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई बिरामी बोक्ने गाडी हस्तान्तरण गरेको छ । रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले मुटुअस्पतालका अध्यक्ष एजाज आलमलाई गाडीको चाबी हस्तान्तरण गरे ।

गाडी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एसपी ज्ञवालीले रोटरी क्लबको पुनीत कार्य प्रशंसनीय रहेको बताए । उनले प्रत्येक संस्थाले समुदायकेन्द्रीत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

सिद्धार्थ जेसिजका पूर्वअध्यक्ष हेमन्त अग्रवालले यस क्षेत्रमा विभिन्न संघ–संस्था भए पनि मानवताका हिसाबले सेवा कार्यमा रोटरी क्लब अफ भैरहवा लागेको बताए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मानव सेवा नै ठूलो सेवा भएको र मानव सेवाबिनाको जीवन व्यर्थ हुने बताए । पैसाको कारणले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रोटरी क्लबले १९ लाख मूल्यको गाडी अस्पताललाई सहयोग गरेकोमो क्लबको खुलेर प्रशंसा गरे ।

समाजसेवी निधानचन्द्र श्रेष्ठले मुटुको व्यथाको विरामीलाई एक सेकेण्ड अस्पताल पु¥याउन ढिला हुँदा पनि ज्यान जान सक्ने उल्लेख गर्दै ठूला–ठूला महायज्ञ गरेर मात्र पुण्य नहुने तर्कका साथ रोटरी क्लबको प्रशंसा गरे ।

सो अवसरमा क्लबले बाढीपीडितहरुको लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ लाई १ लाख १ हजारको चेकसमेत हस्तान्तरण गरेको थियो । क्लबले तीज गीत कार्यक्रम तथा आफ्ना सदस्यहरुबाट रकम संकलन गरी बाढीपीडितको लागि सहयोग गरेको अध्यक्ष राजकुमार गुप्ताले बताए ।


– चन्द्रकान्त खनाल