पत्रकार कोषमा साहित्य चौतारीको ५५ हजार सहयोग

पत्रकार कोषमा साहित्य चौतारीको ५५ हजार सहयोग


साहित्य चौतारी बिर्तामोडले नेपाल पत्रकार महासङ्घ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई रु ५५ हजार ५५५ प्रदान गरेको छ । संस्थाको १८औँ वार्षिकोत्सवका अवसरमा शनिबार बिर्तामोडमा संस्थाका संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष टंक विकल्पले पत्रकार महासङ्घका उपाध्यक्ष एवं कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गर्नुभएको हो ।

मुलुकको आन्दोलन र संस्थाको प्रगतिमा सञ्चारकर्मीले पु¥याएको भूमिकाको मूल्यांकन गरी सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारको हितका लागि उक्त रकम प्रदान गरिएको संरक्षक श्रेष्ठले बताउनुभयो । पत्रकार महासङ्घले कोषको रकम रु एक करोड पु¥याई त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यमा अहिले सो कोषमा रु ३० लाख जम्मा भइसकेको महासङ्घका उपाध्यक्ष एवं कोषका संयोजक गिरीले जानकारी दिनुभयो । रासस