किर्तिमानीहरुबीच एकता वार्ता

किर्तिमानीहरुबीच एकता वार्ता


फुट्ने र जुट्ने मामिलामा किर्तिमान कायम गरिसकेका कुनै समय नेकपा चौथो महाधिबेशन भनेर चिनिने धारका केही घटकहरुबीच पार्टी एकिकरणबारे छलफल प्रारम्भ भएको समाचार प्राप्त हुन आएको छ ।

मोहनबिक्रम सिंह नेतृत्वको ‘मसाल’, मोहन बैंद्य (किरण) नेतृत्वको क्रान्तिकारी नेकपा माओबादी र नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकताका निम्ति छलफल प्रारम्भ भएको बुझिएको छ । बैंद्य र चन्दबीच पार्टी एकिकरणको विषयलाई लिएर पटक–पटक कुराकानी भईरहेको जानकारी नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनीले दिएका छन् ।

यसअधि विप्लव नेतृत्वको पार्टीले जनबादी क्रान्त्रिका निम्ति क्रान्त्रिकारी कम्युनिष्टहरुबीच धु्रर्विकरण गर्दै जाने नीति पारित गरेको थियो । तत्काल पार्टी एकता नभएपनि कार्यगत एकता बलियो बनाउदै लैजाने सम्बन्धित पक्षहरु एकमत देखिएका छन् ।