उपत्यकाका भित्री सडकको अवस्था बेहाल ! (फोटोफिचर)

उपत्यकाका भित्री सडकको अवस्था बेहाल ! (फोटोफिचर)


राजधानी भन्ने बित्तिकै, धेरैलाई लाग्न सक्छ, सुन्दर छ, बस्न लायक छ तर सोचे अनुरुपको राजधानी रहेन् ।

यहाँका भित्री सडकको अवस्थाले राजधानी दिनप्रतिदिन कुरुप बन्दै गएको छ । अनामनगर चोकबाट भित्र पस्ने जो कोहीपनि सडकको अवस्था देख्दा दिक्क मान्नुपर्ने अवस्था छ, कच्चि सडक, तैपनि सडक हिलाम्मे, खाल्डाखुल्डी उस्तै ।

सडकको अवस्था देखेर यहाँका स्थानीय दिक्क छन् । आवतजावत गर्ने पैदल यात्री, सवारीहरुले पनि निकै शास्ती बेहोर्नु परेको छ ।

यो त उदाहरणमात्रै हो, राजधानीका साँधुरा गल्ली तैपनी बेलाबेलामा विभिन्न नाममा खनिने सडक र समयमै सडकको मर्मत नगरिदाँ समस्या झनै हुने गरेको छ ।

सरकारले राजधानीका भित्री सडकलाई व्यवस्थित नगर्दा समस्या उत्पन्न हुने गरेको स्थानीय बताउँछन् ।

अनामनगरमा किराना पसल चलाउर्दै आएका गोपाल श्रेष्ठ भन्छन,‘ यहाँका भित्री सडकको अवस्था देख्दा, काठमाडौं साच्चै कुरुप भएको पाइन्छ, सरकारले भित्रि सडकलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्न जरुरी छ ।’

सरकारले राजधानीका भित्री सडकलाई व्यवस्थित गर्न नसक्दा निकैनै समस्या पर्ने गरेको छ । राजधानीलाई साच्चै बस्न योग्य, सौन्दर्य बनाउन सरोकारवालाले समयमै ध्यान दिन जरुरी छ । -विजय दमासे