अत्याधिक मदिरा सेवनबाट मृत्यु

अत्याधिक मदिरा सेवनबाट मृत्यु


अत्याधिक मदिरा सेवन गर्दा लमजुङमा एकजनाको मृत्यु भएको छ । बेसीशहर नगरपालिका–२, तालफाँटमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । शनिबार दिउँसो तालफाँटस्थित तालबाराही मन्दिरको पेटीमा बेसीशहर नपा–२ चिसोपानीका ५३ वर्षीय मंगलसिं दमै मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

‘सुतेको अबस्थामा भेटिएको खबर आएको थियो, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक बुद्धिसागर पुरीले भने, ‘अत्याधिक मदिरा सेवन गरेको र जण्डिस पनि भएकाले सो घटना घटेको हुन सक्छ ।’

सुतिरहेको अवस्थामा दमैलाई देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतक दमाईको श्रीमती, २ छोरा एवं परिवार भए पनि उनी एक्लै बस्दै आएका थिए । उनलाई पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।