सहमति नजुट्दा अखिल क्रान्तिकारीमा भाँडभैलो !

सहमति नजुट्दा अखिल क्रान्तिकारीमा भाँडभैलो !


माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन प्रक्रियामा भाँडभैलो सुरु भएको छ ।

नेतृत्व हड्प्नका निम्ति आकंक्षीहरु बढेपछि अखिलमा भाँडभैलो सुरु भएको हो । क्रान्तिकारीको अध्यक्षका लागि रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाल लगायतले दाबी पेस गरेका छन् ।

उनीहरुले आ–आफ्नो हठ त्याग्ने देखिन्न । यसले अखिल क्रान्तिकारीको काठमाडौंमा जारी २१ औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमति जुटेको छैन् ।

स्रोतका अनुसार, सहमती नजुटेपछि आगामी १३ गते सम्मका निम्ति निर्वाचन कार्यक्रम समेत स्थगन गरिएको छ ।

अन्य संगठनमा नेतृत्वका निम्ति चुनाव हुर्दै आएपनि अखिल क्रान्तिकारीमा भने पहिलोपटक निर्वाचन हुन लागेको हो । सर्वसम्मत नेतृत्व चयनका निम्ति केन्द्रमा नेताहरुले लर्बिङ गरेपनि अन्ततः त्यो प्रयास विफल हुने देखिएको छ ।

क्रान्तिकारीमा दुई हजार ३४ मतदाता रहेका छन् । ती मतदाताले ३३ पदाधिकारी २३४ केन्द्रीय सदस्य चयन गर्ने जनाइएको छ ।