गए राति परेको अविरल वर्षापछि आएको बाढीबाट जिल्लाको पूर्वी क्षेत्रमा हजारौँ रोपनी खेतको धान नष्ट भएको छ ।
पञ्चकन्या गाउँपालिका वडा नं २ सिक्रेको कुडुले खोलामा आएको बाढीले छबिसे फाँट र आठबिसे फाँटमा लगाइएको धान नष्ट गरेको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिनुभयो ।
राससका अनुसार, खोलाले मानवीय क्षति तथा घरमा क्षति नपु-याए पनि दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली बगाएको र यसबाट किसानले लाखौंँ रुपैयाँको क्षति व्यहोर्नुपरेको बताइएको छ ।
बाढीले धानखेत नै बगाएका कारण किसानले बगर भएको खेतलाई खेतीयोग्य रुपमा बनाउन पनि लाखौंँ खर्च गर्नुपर्ने भएको वडाध्यक्ष मिश्रको भनाइ छ ।
प्रतिक्रिया