सिंहदरवार समेत डुवानमा

सिंहदरवार समेत डुवानमा


धेरैलाई लाग्न सक्छ, मुलुकको प्रशासकीय केन्द्र सिंहदरवार, हरेक तवरले सुरक्षित छ, तर यो हामीमा भएको विचार अब मिथ्या हुन पुगेको छ ।

आइतबार बिहान करिब पौने एघार बजे राजधानीमा पानी प-यो । करिब १५/२० मिनेट पानी पर्दा राजधानीका धेरै ठाउँ जलमग्न भए भने मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार समेत त्यसबाट अछुतो रहेन ।

काम विशेषले सिंहदरवारमा पुगेका सर्वसाधारणले विभिन्न मन्त्रालय जलमग्न भएको देख्नुप-यो ।
सिंहदरवार स्थित सूचना तथा संचार मन्त्रालयमा पुगेका पत्रकार सुरेशकुमार यादवले मन्त्रालयबाहिर जलमग्न भएको तस्बीर आफ्नो क्यामरामा कैद गरे ।

उनले त्यहाँको दुर्दशा देखेर सामाजिक संजालमा यो सिंहदरबार भित्रको संचार मन्त्रालय, यता पनि राहतको व्यवस्था गर्ने की भन्दै आफ्नो अभिव्यक्ति सार्वजनिक गरे ।

तस्बिर सार्वजनिक गरेलगत्तै घटना र विचारले उनलाई फोन ग-यो । हामीसँगको कुराकानीमा यादवले भने,‘आज बिहान पानी पर्दा सिंहदरबार भित्रै थिए, जताततै जलमग्न देखिन्थ्यो, सोही अवस्थामा संचार मन्त्रालयको तस्बिर कैद गरें ।’

उनका अनुसार मन्त्रालयहरु जलमग्न हुँदा सेबाग्राही तथा कर्मचारी मन्त्रालय भित्र प्रवेश गर्न समस्या परेको थियो । सिंहदरबार भित्रको काहलीलाग्दो दृष्य देखेर आफ्नो मन विक्षिप्त भएको समेत पत्रकार यादवले प्रतिक्रिया दिए ।

यसरी सिंहदरवार समेत जलमग्न हुँदा राज्य चलाउने प्रशासक, देश चलाउने नेताहरु माथिनै प्रश्न खडा भएको छ । आफू रहने सिंहदरबार सुरक्षित राख्न नसक्नेले देश कसरी बनाउलान् भन्ने गम्भीर शंका पैदा भएको छ ।

– विजय दमासे