फुटसलमा एन्फाले हस्तक्षेप गरेपछि….

फुटसलमा एन्फाले हस्तक्षेप गरेपछि….


नेपाल फुटसल संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य देवकुमार अधिकारी (बद्री)ले अखिल नेपाल फुटबल संघले नेपाल फुटसल संघमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आवश्यक कारवाही गरिपाउँ भनी राष्ट्रिय खेलकुद परिषदमा निवेदन दर्ता गरेका छन् ।

फुटसल संघ राखेपमा दर्ता हुँदाहुँदै पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि एन्फाले स्वीकृति मागेको अध्यक्ष बद्रीले जानकारी गराएका छन् । सो कार्यको विरोध गर्दै उनले एन्फाको यस कदममा रोक लगाउनुपर्ने आफ्नो निवेदनमा उल्लेख गरेका छन् ।

एन्फाले आफुअन्तर्गत फुटसल संघ गठन गरेर सोमार्फत परिषदमा पत्राचार गरी फुटसलका प्रतियोगिताहरू संचालन गर्दै आएको छ । राष्ट्रिय फुटसल संघ राखेपमा दर्ता हुँदाहुँदै उसलाई विनाजानकारी कसरी फुटसलका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन भैरहेका छन्, त्यसको जवाफ संघले मागेको छ ।

खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ ऐन र नियमबमोजिम नेपाल फुटसल संघ राखेपमा दर्ता भएको हो । तर फुटसलको विधानको मर्मलाई समेत आघात पुग्ने कार्य एन्फाले गरेको हुँदा उक्त संस्थाका पदाधिकारीलाई आवश्यक कारवाहि गर्न अध्यक्ष बद्रीले राखेपमा निवेदन दर्ता गराएका हुन् ।