केन्द्रीय प्रहरी प्रवक्ता तोकिए डिआईजी न्यौपाने

केन्द्रीय प्रहरी प्रवक्ता तोकिए डिआईजी न्यौपाने


नेपाल प्रहरीले डिआईजी मनोज नेउपानेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकेको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक नेउपानेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । प्रहरी नायव महानिरीक्षक नेउपानेलाई मोवाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।