प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गर्ने


प्रधानमन्त्री शेरबहादुर देउवाले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारका अनुसार आज दुई बजे देउवाले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

सम्बोधनका क्रममा देउवाले आफ्नो भारत भ्रमणका विषयमा संसदलाई जानकारी गराउने छन् । देउवा पाँच दिने भारतभ्रमण सकेर हिजो मात्रै स्वोदेश फिर्ता भएका थिए ।

देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीका साथै उच्च तहका नेताहरुसँग भेटघाटका साथै विभिन्न सम्झौता गरेका थिए ।

भ्रमणका क्रममा देउवाले संविधान संशोधनको विषयमा समेत दिल्लीमा आफ्नो अभिव्यक्ति दिदाँ विवादमा तानिनु परेको छ भने कोसी बाँधको सम्बन्धमा समेत उनको आलोचना भएको छ ।

उनले अब कसरी संसदमा जवाफ दिनेछन् उत्सुकताको विषय बनेको छ । उता आजको संसद बैठकमा एमालेले भने प्रधामन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति र कोसी बाँधको सम्बन्धमा भएका सम्झौता बारे उनीसँग जवाफ माग्ने तयारी गरेको बुझिएको छ ।