‘संशोधन बारे बोलेको हुँ, सम्झौता गरेको छैन’

‘संशोधन बारे बोलेको हुँ, सम्झौता गरेको छैन’


प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकलाई सम्बोधन गरेका छन् । आफ्नो भारत भ्रमण बारे व्यवस्थापिका संसद्लाई जानकारी गराउँदै देउवाले संविधान कार्यान्वयनमा छिमेकीको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले संविधान कार्यान्वयन र स्वीकार्यता नेपालीको आन्तरिक कुरा भएको बताउँदै यसमा आफुले कसैसँग सम्झौता नगरेको स्पष्ट पारे ।

भारत भ्रमणका बेला संविधान संशोधनबारे आफूले दिएको अभिव्यक्तिको चर्को आलोचना खेपिरहेका देउवाले संसदमा भने, ‘संशोधन बारे बोलेको हुँ तर सम्झौता गरेको छैन ।’

उनले थपे,‘संविधान कार्यान्वयन हाम्रो प्राथमिकताका एजेण्डाबारे जानकारी गराउनु अस्वभाविक विषय होइन ।’ छिमेकीले चासो राख्नु नाजायज भन्न नमिल्ने प्रधानमन्त्रीको तर्क छ ।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका बेला भएको सम्झौताका बारेमा पनि संसद्मा जानकारी गराएका छन् ।