आठौं राष्ट्रिय प्रतियोगिताको मस्कट ‘हात्तीको छावा’

आठौं राष्ट्रिय प्रतियोगिताको मस्कट ‘हात्तीको छावा’


आठौँ राष्ट्रिय खेलकुद सचिवालयको नेपालगञ्जमा सम्पन्न दोश्रो बैठकले ‘हात्तीको छावा’ प्रतियोगिताको ‘मस्कट’ तय गरेको छ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । मस्कटको छनोट घोषणासँगै नेपालगञ्जमा आठौं राष्ट्रिय प्रतियोगिताको चहलपहल बढेको छ । उक्त सचिवालयको संयोजक ओलम्पियन तथा राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल छन् ।

नेपालगञ्जमा सम्पन्न बैठकमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायत खेलकुदका पदाधिकारी र स्थानीय निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । सचिवालयको पहिलो बैठक काठमाडौंमा बसेको थियो ।