मूल आयोजक समिति विघटन हुँदै

मूल आयोजक समिति विघटन हुँदै


पूर्व युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा गठन भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मूल आयोजक समिति विघटन हुन लागेको मन्त्रालय स्रोतले जनाएको छ । बताइएअनुसार यसै साता उक्त मूल समिति विघटन गरेर युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमा केसीको अध्यक्षतामा नयाँसमिति गठन हुने छ ।

नेपालमा आयोजना हुने १३ औं सागलाई दृष्टिगत गर्दै मण्डलको अध्यक्षमा गठित मूल समिति विघटन गर्न लागिएको हो । १३ औं सागको सफल आयोजन लागि मूल समितिको प्रभावकारितालाई आत्मसात गर्दै मन्त्रालय यो कदम उठाउन लागेको बुझिएको छ ।

खेलकुदमन्त्री केसीको अध्यक्षतामा गठन हुने मूल आयोजक समिति समावेसी हुने पनि मन्त्रालय स्रोतले जनाएको छ । १३ औं सागको कार्य युद्धस्तरमा अगाडि बढाउनुपर्ने भएकोले मूल समितिको गठनसँगै उपसमिति गठन गरेर जिम्मेवारी दिइने भएको छ । १३ औं साग २०७५ सालमा नेपालमा आयोजना हुँदैछ ।

स्मरण रहोस्, अहिलेसम्म १३ औं सागको लागि नेपाल सरकारले कुनै तयारी गरेको छैन । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७४÷७५ मा १३ औं सागको लागि कुनै बजेट छुट्याइएको छैन ।