विवरण नबुझाउने तीस म्यानपावरमाथि जरिवाना (सूचीसहित)

विवरण नबुझाउने तीस म्यानपावरमाथि जरिवाना (सूचीसहित)


सरकारले ३० मेनपावरलाई कारबाही गरेको छ । वैदेशिक रोजगार विभागले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भए–नभएकोबारे अध्ययन गर्न माग गरेको विवरण नबुझाएको भन्दै ती म्यानपावरलाई कारबाही गरेको हो । विभागले गत चैत १ गते एक साताभित्रमा विवरण माग गरेकोमा पटक–पटक म्याद थप गर्दा समेत ती म्यानपावरले विवरण बुझाएका थिएनन् ।

स्रोतका अनुसार विभागले माग गरेको विवरण नबुझाएका र विवरण नबुझाउनुको कारणबारे समेत पेश नगरेका १६ वटा म्यानपावर कम्पनीलाई कारबाहीस्वरुप १ लाख जरिवाना गरिएको छ भने विवरण नबुझाएको कारणबारे स्पष्टीकरण दिएका १४ वटा म्यानपावर कम्पनीलाई कारबाहीस्वरुप ५०–५० हजार जरिवाना गरिएको हो ।

कारबाहीमा पर्ने ३० म्यानपावरको सुची

(एकलाख जरिवाना तिर्नुपर्ने)

– फिरदोश इन्टरनेशनल ओभरसिज कम्पनी प्रालि
– एसआरएस ओभरसिज सर्भिस प्रालि
– रेड रोज इन्टरनेशनल म्यानपावर प्रालि
– हमिद इन्टरनेशनल प्रालि
– सार्प ह्युमन रिर्सोस प्रालि
– नेपाल रिक्रुटिङ सर्भिसेज प्रालि
– सिद्धार्थ गौतम ओभरसिज सर्भिस प्रालि
– युनाइटेड प्लेसमेन्ट इम्प्लोइमेन्ट सर्भिस प्रालि
– क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि
– मुनलाइट इन्टरनेशनल प्रालि
– सन रे ग्लोबल ओभरसिज
– एसके इन्टरन्टरनेशनल प्रालि
– इनोभेटिभ सर्भिस प्रालि
– जनशक्ति इन्टरनेशनल प्रालि
– मुस्ताङ ओभरसिज प्रालि
– सिनमल गोर्खा इन्टरनेशनल म्यानेजमेन्ट सर्भिस प्रालि

(५० हजार जरिवानामा पर्ने)

– मेरिडियन म्यानपवार सर्भिस
– ओमश्री महाशक्ति इम्प्लोइमेन्ट सर्भिस प्रालि
– धवानी इन्टरनेशनल प्रालि
– एनएसओ कन्सल्ट प्रालि
– राइजिङ स्टार ओभरसिज प्रालि
– बेबी एन्जल इन्टरनेशनल प्रालि
– पिस नेपाल ओभरसिज प्रालि
– जवसिकर म्यानपावर प्रालि
– साथी ओभरसिज रिक्रु्रमेन्ट प्रालि
– एसोसाइट वेलकम इन्टरनेशनल प्रालि
– रिजा ओभरसिज इन्प्लोइमेन्ट प्रालि
– अपोलो ओभरसिज सर्भिस प्रालि
– एबिसी ओभरसिज प्रालि
– स्तुपा ओभरसिज सर्भिस प्रालि
– मेरिडियन म्यानपवार सर्भिस
– ओम श्री महाशक्ति इम्प्लोइमेन्ट सर्भिस प्रालि
– एनएसओ कन्सल्ट प्रालि

उक्त कारबाहीमा परेका म्यानपावरले एकहप्ताभित्र जरिवाना रकम विभागमा दाखिला गर्नुपर्ने जनाइएको छ ।

सरकारले पछिल्लो समय फ्री भिसा फ्री टिकटलाई कडाईका साथ लागू गर्ने बताए पनि यो नीति खासै पालना भएको देखिन्न ।