लुम्बिनी अञ्चल अस्पतालबाट यिनले पाए निःशुल्क सेवा

लुम्बिनी अञ्चल अस्पतालबाट यिनले पाए निःशुल्क सेवा


लुम्बिनी अञ्चल अस्पताल बुटबलबाट गत ०७३ भदौदेखि ०७४ असारसम्म ४ हजार २ सय ९८ जना लक्षित समुहका बिरामीले निःशुल्क सेवा लिएका छन् । उनीहरूलाई परिचयपत्रका आधारमा अस्पतालको सामाजिक सेवा इकाईले निःशुल्क औषधि तथा अन्य सेवा उपलब्ध गराएको बताइएको छ ।

सेवा लिनेमा गरिव २ हजार एक सय, असहाय २२ जना, लैङ्गिक हिंसाप्रभावित चार, जेष्ठनागरिक एक हजार ८ सय ६८, महिला स्वास्थ्य स्वयमसेविका ५३ जना, कुपोषित ११ जना, सहिद परिवारका पाँच जना, दैवीकप्रकोप प्रभावित १३ जना, थुनुवा १० जना, दुर्घटनामा परि उपचारमा समस्या भएको एक गरी जम्मा ४ हजार २ सय ९८ जनाले सेवा लिएको सामाजिक सेवा इकाई प्रमुख दयासागर पन्थीले बताए ।

तीमध्ये २ हजार ३ जना महिला २२ सय ९५ जना पुरुष र १ जना लोपन्मुख रहेको प्रमुख पन्थीले बताए । अस्पतालले अहिलेसम्म ती लक्षित वर्गलाई ५३ लाख ३ हजार १ सय आठ रुपैयाँको औषधिलगायत अन्य सेवा दिएको बताएको छ ।

इकाई प्रमुख पन्थीका अनुसार गरिवले सेवा पाउनको लागि गाउ नगरपालिका र वडाको सिफारिस, जेष्ठ नागरिकलाई वृद्धाभत्ता पाउने कार्ड, नागरिकता लगायतको उमेर खुल्ने परित्रयपत्र, महिला स्वयमसेविका लागायतलाई परिचयपत्रको आधारमा सेवा दिएको छ । अस्पतालले गत वर्षदेखि सामाजिक सेवा इकाई सुरु गरी यस्तो सेवा प्रदान गर्न थालेको हो ।

– चन्द्रकान्त खनाल