राप्रपा (प्रजातान्त्रिक) बाट को–को मन्त्री बन्दैछन् ?

राप्रपा (प्रजातान्त्रिक) बाट को–को मन्त्री बन्दैछन् ?


अन्ततः राप्रपा (प्रजातान्त्रिक) शेरबहादुर देउवा नेतृत्वको सरकारमा सरिक हुने भएको छ ।

राप्रपा (प्रजातान्त्रिक)ले सरकारमा सहभागी हुने पक्का गर्दै नेताको सूची तयार गरिसकेको उच्च स्रोतले जानकारी दियो ।

सो पार्टीले दीपक बोहोरा सहित सुनिलबहादुर थापा, रामकुमार सुब्बा, बिक्रम पाण्डेलाई सरकारमा पठाउने आन्तरीक तयारी गरेको छ ।

स्रोतका अनुसार राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुने बताइएको छ । दिपक बोहोरासहित सुनिलबहादुर थापा यसअघि पनि धेरै पटक मन्त्री भैइसकेका व्यक्ति हुन ।

केही समय अघि पशुपतिशम्शेर राणाले राप्रपा फुटाएर गठन भएको यो पार्टी सरकारमा सहभागी भएसँगै देउवा नेतृत्वको मन्त्रीमण्डल झनै जम्बो हुने देखिएको छ ।