स्वास्थ्य मन्त्रीलाई स्वाइन फ्लु : अझै दुई दिन वीर अस्पतालमै रहने

स्वास्थ्य मन्त्रीलाई स्वाइन फ्लु : अझै दुई दिन वीर अस्पतालमै रहने


स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइन फ्लु  (इन्फ्लुएञ्जा ए–एच१एन) भएपछि बीर अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई आइतवार अस्पताल भर्ना गरिएको थियो ।

बीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले स्वास्थ्यमन्त्री पोखरेलको माथिल्लो स्वाश नलीमा स‌ंक्रमण देखिएको बताए । ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्छ’ उनले भने ‘उहाँको स्वास्थ्य स्थिति पनि राम्रो छ’ ।

यस रोगका कारण केहीको मृत्यु समेत भइसकेको छ । यस बर्षको सिजनमा स्वाइन फ्लु देखिएको थियो । केही स्थानमा अझै देखिने क्रम जारी छ ।

त्यस्तै, स्वास्थ्यमन्त्री पोखरेलले आफनो उपचारका लागि वीर अस्पताल रोजेपछि वीरमा यत्तिबेला राजनीतिक चार्चापरिर्चा सुरु भएको छ ।

गत आइतबार स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल भर्ना भएपछि उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न आउने राजनीतिक ब्यत्तिदेखि आफन्त र शुभचिन्तकका कारण भीआईपी उपचार कक्षमा चहलपहल बढेको हो ।

नेपालकै सरकारी अस्पतालमा भर्ना गरेर उपचार गर्ने पोखरेल सम्भवत पहिलो बहालवाला मन्त्री हुन् । मधुमेहका समेत रोगी रहेका मन्त्री पोखरेललाई एक्कासी रुघाखोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।

वीर अस्पतालमा राज्यका अति विशिष्ट र विशिष्ट व्यक्तिको उपचारका लागि छुट्टाछुट्टै भीभीआईपी र भीआईपी उपचार कक्ष रहेको छ । उनलाई सिजनल इन्फ्लुएन्जा भएको पुष्टी भएपछि अस्पतालमानै भर्ना गरेर उपचार गरिएको हो ।

चालु आर्थिक वर्षमा वीर अस्पतालको भीआईपी कक्षमा भर्ना हुने स्वास्थ्यमन्त्री पोखरेल पहिलो विरामी भएको अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले बताए ।

‘०६२ /०६३ पछि त कोही पनि भीभीआईपी र भीआईपीहरु आउनुभएको छैन’ उनले भने, ‘सरकारको उच्च ओहदाका व्यक्तिहरुको उपचारको लागि भनेर निर्माण गरिएको यस उपचार कक्षमा बल्ल चार्मिङ्ग बढेको छ ।

तस्विर : माओवादी नेता बर्षमान पुनको फेसबुकबाट ।