अष्ट्रेलयामा ‘डाँफे एम्बेसडर फुटबल’

अष्ट्रेलयामा ‘डाँफे एम्बेसडर फुटबल’


अष्ट्रेलियामा फुटबलको गतिविधिका कारण चर्चित बन्न पुगेको डाँफे फुटबल क्लबले ‘डाँफे एम्बेसडर फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अष्ट्रेलियामा विगत एक दशकदेखि फुटबल प्रतियोगिता संचालन गर्दै आएको डाँफे क्लबले आगामी असोज ७ र ८ गते उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा २० वटा नेपाली टोली र मेलवर्नका दुईवटा थ्रीस्टार र अल्बुरी टोलीको सहभागिता रहने आयोजक डाँफे क्लबले जनाएको छ । उक्त प्रतियोगितामा विजेता टीमले पाँचहजार र उपविजेताले दुईहजार अष्ट्रेलियन डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने कुरा व्यवस्थापक जगदीश खड्काले जानकारी गराएका छन् । त्यस्तै म्यान अफ दी सिरिजले चारसय, बेस्ट गोल किपरले चार सय र फाइनलको म्यान अफ दि म्याचले ३ सय डलर प्राप्त गर्ने छन् ।

सो अवसरमा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले यो प्रतियोगिताको लोकप्रियता बढ्दै गएको बताउँदै यसको स्तर वृद्धिमा आयोजकले ध्यान पु¥याउनुपर्ने सुझाव दिए । साथै उनले सबैको सहयोग पाएको खण्डमा आगामी वर्ष नेपाली फुटबल वा क्रिकेट टोलीलाई अष्ट्रेलियामा निमन्त्रणा गरेर मैत्रिपूर्ण खेल खेलाउने लक्ष्य रहेको बताए ।