हङकङ । नेपाली महासंघका निवर्तमान अध्यक्ष तथा हत्या-प्रकरण सर्घष समिति, पूर्व संयोजकका साथै हालसम्म निरन्तर रुपमा मृतककी श्रीमति सोनी र्राईलाई कानुनी उपचारको लागि सहयोगी भूमिका निर्वाह गरिरहेका हेम लिम्बूका अनुसार, हङकङस्थित उच्च अदालतमा अन्तिम न्यायप्राप्तिका लागि चरणबद्ध रुपमाअघि बढाउन आबेदन गरेको लिगल एड प्रक्रियामा, दिलबहादुर लिम्बूको मृत्यु कानूनसम्मत भएको अदालतको फैसलालाई आधार मँनी कानूनी सहयोग शुल्क असफल पारेको थियो । त्यसकारण स्वःदिलबहादुरसम्बन्धी मूल मुद्धा सम्बन्धित अदालतमै अल्झिरहेको सर्बविदितै छ । तथापि, क्षतिपूर्ति दाबीका लागि लिगल एडको सकारात्मक पत्र प्राप्त भएको छ ।
लिम्बूले भने, -“तत्काललाई आर्थिक अभावको मूल कारणले मुद्धा अघि बढाउन असक्षम भएकाछौ, हाललाई थाँती राख्दै, क्षति पूर्तिको दाबी प्रक्रिया अघि बढाइनेछ । बिगतमा हाम्रा समुदायका केही मित्रहरुले क्षति पूर्तिका लागि मात्र दाबी गरौ भन्ने उहाँहरुको सुझाबलाई अवज्ञा गर्दै, यो घटना सम्बन्धित मृतकको मात्र नभएर हङकङवासी नेपालीहरु माथिको दीर्घकालीन ठूलो चुनौतीको रुपमा रहन सक्छ भन्ने तथ्यलाई हृदयगंम गर्दै, २९ मार्च २००९ मा हजारौ-हजार मानिसहरुको सहभागिता रहेको जुलुसद्वारा हङकङ सरकारको प्रमुख श्री डोनल्ड चाङसमक्ष मृतकको निम्ति न्याय दिलाउन ज्ञापन-पत्र बुझाएकाथियौं । अन्ततः प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मृतकका निम्ती, हङकङजस्तो मानवाधिकार सम्पन्न देशले पनि न्याय पाउने फैसला गरेन, यस्ता नियतलाई आउँदा दिनमा हामीले हेर्नै बांकी रहेकोछ …. । यद्यपि हामीले एकता देखायौं, भबिष्यमा हङकङले हामी नेपालीहरु माथिको हेर्ने र गर्ने ब्यवहारमा सतर्ककता अपनाउने ऐतिहासिक चुनौती दिई छाड्यौं, हालसम्म मृतकको परिवारकालागि खाने बस्नेको ब्यवस्थादिलाई छाड्यौ, क्षतिपूर्ति दाबीको लागि सकारात्मक जिम्मेवार बन्न घुडा टेकाइछाड्यौ । अब, कम्तीमा जे भए पनि बा“च्नका लागि मृतकका १ छोरीको लागि, गा“स-बास, कपास, शिक्षा र स्वास्थ्य साथै विधवा श्रीमतिको लागि राहात हुन सक्ने क्षतिपूर्ति पाएमा, न्याय पाउनुमध्येको एक सानो हिस्सा हो भन्ने ठानेको छु ।”-हेम, मेस, हङकङ
प्रतिक्रिया