२ सय ७ मतदान स्थल अति संवेदनशील

२ सय ७ मतदान स्थल अति संवेदनशील


तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि सप्तरीको सबै स्थानीय तहको मतदान स्थल अति संवेदनशील रहेका छन् ।

जिल्ला सुरक्षा समिति सप्तरीले समग्र सुरक्षा अवस्थालाई विश्लेषण गर्दै सुरक्षाको दृष्टिकोणले सप्तरीको २ सय ७ मतदान स्थल अति संवेदनशील र ८८ मतदान स्थल संवेदनशील गरी जिल्लामा कायम गरिएको २ सय ९५ मतदान स्थल नै सुरक्षाको दृष्टिकोणले अति संवेदनशील र संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ ।

अन्तरपार्टी सम्बन्ध राम्रो नदेखिएको, पार्टी–पार्टीबीच द्वन्द्व देखिएको तथा जिल्लाका अधिकांश मतदान स्थल भारतीय सीमासँग जोडिएकोले पनि ती मतदान स्थलहरुमा हुन सक्ने अपराधिक गतिविधि र उच्छृंखल कार्यलाई ध्यानमा राखी मतदान केन्द्रलाई वर्गीकरण गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले बताउनुभयो ।