सिक नेता !

सिक नेता !


– उज्वल अधिकारी

हिमाल पहाड तरार्इलार्इ गाँस्न सिक नेता
जनताको खुशीमा हाँस्न सिक नेता
तराइ पहाडबीच विकास छुट्टयाउनु हुन्न​
दुबै भुगोल बीचको नाता गाँस्न सिक नेता

हस्तछेप हुँदैगा’छ नियम कानुनभित्र
बाह्यशक्ति सल्बलाए काट्न सिक नेता
हाम्रो सिखर सगरमाथा आँखा लाए धेरै
गलत दृष्टि दिनेलाई छेक्न सिक नेता

धेरै जाति धर्मको फुलबारी हो नेपाल
एकापसमा भित्त्री नाता गाँस्न सिक नेता
भेदभाव नगरी एक हुने कदम बढाउ
जनतासँग भित्त्री माया साँट्न सिक नेता

समस्याको सम्बोधन विचाराधीन मुद्दा
निश्पक्षका साथ निदान गर्नुपर्छ नेता
विकासको मूल-मुहानको संरक्षण गर्दै
दीगो विकास अवधारणा राख्न सिक नेता

गलत काम गर्ने लाइ अभियोग त ठिक छ
स्वच्छ व्यक्तिको शान इज्जत राख्न सिक नेता

जनतासँग आत्मियता साट्न सिक नेता
हिमाल पहाड तराइलार्इ गाँस्न सिक नेता

– मन्थली, रामेछाप