शर्मा र पराजुलीलाई शमी साहित्य साधना सम्मान

शर्मा र पराजुलीलाई शमी साहित्य साधना सम्मान


शमी साहित्य प्रतिष्ठान काठमाडौंले प्रत्येक वर्ष प्रदान गर्दै आएको शमी साहित्य साधना सम्मान यस वर्ष प्रा. गोपीकृष्ण शर्मा र प्रा. ठाकुर पराजुलीलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष साहित्यकार प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त सम्मान तथा पुरस्कारको राशी एक लाख एक सय एक रुपैयाँ रहेको छ ।

यस अघि वरिष्ठ साहित्यकारहरु कृष्ण जोशी, तेजेश्वरबाबु ग्वंगः, वसन्तकुमार शम्र्मा नेपाल, डा. मोहन हिमांशु थापा, मङ्गलकुमार नेपाल तथा गणेशबहादुर प्रसाईंलाई प्रदान गरिसकिएको उक्त सम्मान यस वर्ष पनि आउँदो असोज ५ गते विशेष समारोहमा प्रदान गर्ने प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठ रोदनद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।