प्रधानमन्त्रीद्वारा अवाले र महर्जन सम्मानित

प्रधानमन्त्रीद्वारा अवाले र महर्जन सम्मानित


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनलाई सम्मान गरेका छन् । ज्पापु समाज ललितपुरको २४ औं बार्षिकोत्सवका अवसरमा खेलकुद क्षेत्रमा योगदान पु¥याउन समाज भित्रका ब्यक्तित्वलाई सम्मान गरेको हो ।

समाजले अवालेलाई नेपाल बक्सिङ संघका अध्यक्ष जस्तो गरिवमामय पदमा निर्वाचित भएर बक्सिङ खेलको विकास–विस्तारमा पुर्याएको योगदानको कदर गदै सफलताको शुभकामनासहित सम्मान गरिएको थियो । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका महर्जनलाई नेपाल बुद्धिचाल संघको महासचिवको रुपबाट बुद्धिचाल खेलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

ज्यापु समूदायका विभिन्न क्षेत्रमा कार्य गर्ने ब्यक्तिलाई सम्मान गर्ने क्रममा खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडि, रेफ्रि र संस्थाका ब्यक्तित्वहरूलाई सम्मान गरेको हो । त्यस्तै ज्यापु समाजभित्र सम्मानित ब्याडमिन्टनका पुरुष खेलाडि प्रफुल्ल महर्जन, महिला खेलाडि रशिला महर्जन र तेक्वान्दीकी रिमोन महर्जन रहेका छन् । निर्णयक तथा रेफ्रितर्फ बुद्धरत्न डंगोल, मदन महर्जन र रविना सुवाल महर्जन पनि सम्मानित भएका छन् । सम्मान कार्यक्रममा ज्यापु समाजका अध्यक्ष प्रेमबहादुर महर्जनलगायतको उपस्थिति रहेको थियो ।