अन्तर्राष्ट्रिय नेपलिज तेक्वान्दो संघ यूकेको स्थापना

अन्तर्राष्ट्रिय नेपलिज तेक्वान्दो संघ यूकेको स्थापना


लण्डन । सरीस्थित गुर्खा रेष्टुरेन्टमा यही ०२ तारिख सोमबारका दिन तेक्वान्दो खेलाडीलगायत उक्त खेलप्रेमीहरुको एक समूह जम्मा भएर पहिलोपल्ट यूकेमा तेक्वान्दो खेलाडीहरुको एक संघको गठन गरिएको छ । तेक्वान्दोमा प्रत्यक्षः संलग्नता राख्ने ग्राण्ड मास्टर, मास्टर तथा ब्ल्याक बेल्टहरुको सहभागितामा उक्त कार्य समिति जठन गरिएको हो । अन्तर्राष्ट्रिय नेपलिज तेक्वान्दो संघ, यूके ननाम राखिएको सो संघमा ग्राण्ड मास्टर एनजे गुरुंग अध्यक्ष, मास्टर बुद्धि कुमार गुरुंग, मास्टर थान कुमार लिम्बू, क्याप्टेन बलराम घले र मास्टर जयन्त थापा उपाध्यक्ष, मास्टर हरि गुरुंग महासचिव, भीम गुरुंग सचिव, सविना महर्ज कोषाध्यक्षा, मास्टर प्रेमकुमार गुरुंग टेक्निकल डाइरेक्टर, मास्टर नवराज घले डेपुटी टेक्निकल डाइरेक्टर तथा सदस्यहरुमा विजय गुरुंग, चन्द्र सुनार(मिडिया), सन्देश गुरुंग, तिलक पुन, भेषराज गुरुंग, प्रदीप वन्जाकार, अमृत महोरा, , संजिता राउत, विजय ठकुरी, शीशिर आचार्य, लक्ष्मण न्यौपाने, नितेश गुरुंग, विश्वजंग गुरुंग र मन कुमार गुरुंग सहभागी रहेर पहिलो कार्यकारी समिति खडा भएको छ । उपस्थित पदाधिकारीहरुले आआफ्नो जिम्मामा आएको कार्य इमान्दारिताका साथ वहन गर्ने वचन औपचारिक रुपमा भए पनि खाएका थिए ।-चन्द्र, मेस, तस्वीरसहित, Click here to view the album