बीपी प्रतिष्ठानमा बीपीमाथि चर्चा

बीपी प्रतिष्ठानमा बीपीमाथि चर्चा


नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०३औँ जन्मजयन्तिका अवसरमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले गत सोमबार एक विशेष सम्वाद कार्यक्रम आयोजना गर्‍यो । नेपालका लागि भारतका राजदूत मन्जीवसिंह पुरीको विशेष उपस्थिति रहेको सम्वाद कार्यक्रममा विशेष अमन्त्रित प्रसिद्ध लेखक प्राध्यापक डा. अभि सुवेदीले बीपी कोइरालाको राजनीतिक एवम् राजनीतिक जीवनको चर्चा गर्दै समकालीन राजनीति र साहित्यमा समेत स्वर्गीय कोइरालाको अत्यन्त गहिरो प्रभाव रहेको उल्लेख गर्नुभयो । कोइरालाको कृतित्व तथा व्यक्तित्वमाथि चाखलाग्दो चर्चा गर्ने क्रममा उहाँले बीपीसँग सन्दर्भ जोड्दै अहिंसावादी विचारधारा भएका महात्मा गान्धीको समेत सम्झना गर्नुभयो । गान्धीको प्रभाव बीपीमा परेको र प्रजातान्त्रिक आन्दोलनमा बीपीले पु¥याउनुभएको योगदान ऐतिहासिक महत्वको रहेको उहाँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले बीपी कोइरालाबाट निर्वाह गरिएको भूमिकाको प्रशंसा गर्दै नेपाललाई आजको अवस्थासम्म डो¥याउन उहाँको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । साथै, नेपाल र भारतबीचको सम्बन्धलाई दर्बिलो बनाएर अघि बढाउन बीपी कोइराला प्रतिष्ठानले अहम् भूमिका निर्वाह गर्दै आएको र अझ गर्दै जाने पनि राजदूत पुरीको भनाई थियो । सङ्गीत तथा नाट्य प्रज्ञा प्र्रतिष्ठानका उपकुलपति सरुभक्त, लेखक डा. रामदयाल राकेसलगायत अन्य लेखक, प्राध्यापक, छात्रछात्रा गरी लगभग सयजना उपस्थित कार्यक्रम काठमाडौंस्थित नेपाल–भारत पुस्तकालयमा आयोजना गरिएको थियो ।