तपाईंको यो साता

तपाईंको यो साता


मेष
आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । नयाँ कामको थालनी हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । प्रेममा सफलता पाइनेछ । घरमा अतिथिको आगमन हुनेछ । साताको अन्त्यबाट प्रेममा बाधाका साथै मन कमजोर रहला । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शनगरी आरम्भ गर्दा सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभ रङ रातो वा पहेँलो हो ।

वृष
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पार्टी वा सेमिनारमा सहभागी भइएला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । रविबारबाट मनमा निराशा र शरीरमा आलस्य आउला । घरायसी विवाद बढ्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यमा धन खर्च हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ सुन्तला हो ।

मिथुन
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावश्यक यात्रा हुनेछ । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । पारिवारिक समस्या आइपर्ला । साताको अन्त्यबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वास्थ्यमा पेटसम्बधी समस्या आउला । वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानेको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ घिउरङ हो ।

कर्कट

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ । शनिबारबाट राजनीतिक कार्यमा बाधा आउनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सरकारी निकायको भय रहला । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ७, ८ र शुभरङ पहेँलो वा कलेजी हो ।

सिंह
मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् । नयाँ कामको प्रस्ताव आउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो वा हरियो हो ।

कन्या
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मनमा द्विविधा उत्पन्न हुनेछ । मानसिक तनाव रहला । फलदायी यात्रा नरहला । नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । रविबारबाट चिताएको कामले तीव्रता लिनेछ । बहुमूल्य वस्तु हात पर्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । कुनै शुभकर्म गर्नुपूर्व महाँकालको स्मरण गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ हरियो हो ।

तुला
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । साताको अन्त्यबाट व्यापार–व्यवसायमा बाधा आउनेछ । स्वास्थ्यमा समस्या आउनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ नीलो वा हरियो हो ।

वृश्चिक

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । श्रमदान गर्ने अवसर मिल्नेछ । साताको अन्त्यबाट अरूको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ । स्वास्थ्यमा खर्च बढ्नेछ । प्रेममा मनमुटाव रहला । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ आकासे नीलो हो ।

धनु
वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । भौतिक सुख मिल्नेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यबाट सामान हराउने वा चोरी हुने भय छ । पारिवारिक समस्याले सताउनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो हो ।

मकर
मनमा निराशा र शरीरमा आलस्य आउला । गर्नैपर्ने काममा विलम्ब हुन सक्छ । मनमा वैराग्यको भावना पलाउनेछ । शनिबारबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । भौतिक साधन जुटाउने समय छ । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा गुलाबी हो ।

कुम्भ
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ हरियो वा सेतो हो ।

मीन
प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । अघिल्लो साताबाट शुभकार्यको चर्चा चल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ रातो हो ।