सीमाक्षेत्रमा बढ्दो छ लागूऔषध ओसारपसार

सीमाक्षेत्रमा बढ्दो छ लागूऔषध ओसारपसार


नवलपरासी जिल्लाको दक्षिणी सीमावर्ती इलाकामा पछिल्लो समय लागुऔषध दुव्र्यसनका क्रियाकलापमा बढोत्तरी हुन थालेको छ । जिल्लाको दक्षिणी सुनसान इलाकामा लागुऔषध दुव्र्यसनीहरुको चलखेल बढेको र त्यस्ता कार्यमा १८ देखि ३५ वर्षसम्मका युवायुवतीको संलग्नता बढेको पाइएको छ ।

सीमावर्ती विसुनपुरा, भुजहवा, पकलिहवा र त्रिवेणी सुस्ताको व्यारेज नाकामा दुव्र्यसनीको बाक्लो उपस्थितिले सुरक्षा निकायको चुनौती बढेको बुझिन्छ ।
यसै क्रममा सीमापार भारत विहार भैसालोटनको बाटो भई नारायणी नदीमा डुंगाबाट ठुलो परिमाणमा लागुऔषध ल्याउँदै गरेको अवस्थामा त्रिवेणी सुस्ता–७ नेपाली नहर किनारबाट सशस्त्र प्रहरी बलको अस्थायी पोष्ट त्रिवेणीले अभियुक्तलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको नियमित गस्ती टोलीले डुंगाबाट नेपाल ल्याइरहेको लागुऔषको ठूलो परिमाण नियन्त्रणमा लिएको हो । लागुऔषध ओसारपसारमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरिएको सब–इन्सपेक्टर प्रेम गौतमले जानकारी दिएका हुन् ।

प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा एकजना नदीमा हामफाली फरार भएको र एक अर्कोलाई लागुऔषधसहित प्रक्राउ गरेको जनाइएको छ । लागुऔषधसहित पक्राउ परेका २० वर्षिय मन्देश्वर कुमारलाई कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा पठाइएको बताइएको छ । तस्करहरुले भारतीय सुरक्षा निकाय एसएसवीको क्याम्पनजिकबाट ठुलो परिमाणमा लागुऔषध नेपालतर्फ नदीको बाटोबाट नेपाल भित्र्याउँदा भारतीय सुरक्षा निकायले थाहा नपाउनु अर्थपुर्ण मानिएको छ ।

– आरपी उपाध्याय